परराष्ट्र सचिव लम्साल र युनानका उपगभर्नर हाउबिच भेटवार्ता
बिहीबार, १० साउन २०८१, १३ : ४०
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चीनका युनान प्रान्तका उपगभर्नर वाङ हाउबिच भेटवार्ता भएको छ ।
चीनको विदेश मन्त्रालय र युनान प्रान्तको सरकारको संयुक्त आयोजनामा सुरु भएको पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा भाग लिन चीन पुगेकी सचिव लम्सालले बिहीबार उपगभर्नर हाउसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताइएको छ । दुई देशको सम्बन्धलाई अझै मजबुत कसरी बनाउने, एक अर्कासँग सहकार्य गरेर कसरी अगाडि बढ्ने, अगामी योजना तथा कार्यक्रमहरूको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण