परराष्ट्र सचिव लम्साल र युनानका उपगभर्नर हाउबिच भेटवार्ता
बिहीबार, १० साउन २०८१, १३ : ४०

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चीनका युनान प्रान्तका उपगभर्नर वाङ हाउबिच भेटवार्ता भएको छ ।
चीनको विदेश मन्त्रालय र युनान प्रान्तको सरकारको संयुक्त आयोजनामा सुरु भएको पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा भाग लिन चीन पुगेकी सचिव लम्सालले बिहीबार उपगभर्नर हाउसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताइएको छ । दुई देशको सम्बन्धलाई अझै मजबुत कसरी बनाउने, एक अर्कासँग सहकार्य गरेर कसरी अगाडि बढ्ने, अगामी योजना तथा कार्यक्रमहरूको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउ पार्टीको ‘बेवास्ता’ले लथालिङ्ग कांग्रेसका भ्रातृ संस्था
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
-
पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
-
गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन (तस्बिरहरू)
-
‘तदर्थ समिति गठनमै केन्द्रीय समिति ‘फेलियर’ भयो’
-
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप