एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । एकीकृत समाजवादीले दुई दिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो ।
बिहीबार केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘दुई दिन गृहकार्य भएर १४ गते केन्द्रीय कमिटी टुङ्गो लगाउनेबारे छलफल भएको छ ।’
असार २१ गते सकिएको एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो । महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन् । २९९ जनाको केन्द्रीय कमिटी रहेन व्यवस्था रहेको एकीकृत समाजवादीले बाँकी २०६ जना थप्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण