आफन्तको असन्तुष्टिकै बिच विमान दुर्घटनाका मृतकको शव जिम्मा (तस्बिरहरु)
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले आफन्तहरुको असन्तुष्टिकै बिच सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव जिम्मा लगाउन थालेको छ । अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका हुन् ।
_Ur0X2Mqh4U.jpg)
त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको हो । पोस्टमार्टम सकिएसँगै सबै आफन्तले शव लैजान सक्ने अस्पतालको भनाइ छ । यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।
_JHvkZlL1yQ.jpg)
विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौ । साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ ।’
_ZKQq097fwU.jpg)
_p5XuNRWwXE.jpg)
_bENxViyU04.jpg)
_mVoJMpHDfC.jpg)
_GjUJ8DkI97.jpg)
_6t2xCpyoRF.jpg)
_8FT96kSown.jpg)
_gsNvR7UCoM.jpg)
_M3OLPxzY6M.jpg)
_UPlZ4b9LWC.jpg)
_yxqAO9qcC9.jpg)
_99NbwBGw9L.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण