दाङमा गुडिरहेको ट्रकमा आगलागी
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको भएको छ। महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका – ९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए ।
एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएको रातोपाटी बताए ।
खाली ट्रक सिमेन्ट लिनको लागि लमही आउँदै थियो । घटनामा चालकको हातमा सामान्य जलन भएको छ । आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण