सङ्खुवासभाको कारमाराङमा अस्थायी प्रहरी चौकी
आइतबार, १३ साउन २०८१, २२ : ५०
किमाथाङ्का । जिल्लाको मकालु गाउँपालिका–४ कारमारङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चौकीको स्थापना गरिएको हो ।
गाउँमै अस्थायी प्रहरी चौकी स्थापना भएपछि ६ घण्टा पैदल हिँडेर हेदाङ्ना जानुपर्ने बाध्यता हटेको छ । उक्त चौकीको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले उद्घाटन गरे ।
जनताको माग र सरोकारबालाको पहलमा स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरी आपराधिक गतिविधि कम गर्न चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । चौकीमा प्रहरी हवलदार यामेश्वर धिमालको नेतृत्वमा पाँच जनाको टोली रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण