अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्छौ : मोदी
सोमबार, १४ साउन २०८१, १४ : ४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन् ।
‘यो देशको संविधान त्यसै बनेको होइन । धेरै ठुलो संघर्ष, त्याग र बलिदानबाट यो संविधान बनेको हो’, उनले भने, ‘यस्तो संविधानलाई कुनै पार्टी या अमुक दलहरूले संशोधन गर्छ भने त्यसको प्रतिरोध हामीले गर्छौ ।’
उनले जनताको इच्छा र चाहानालाई मार्न नपाइने भन्दै । नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार सुशासन र विकास भन्दा पनि भ्रष्टाचारको ढाकछोप गर्न बनेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण