यो हो बेवारिसे छाडिएको विश्वको सबैभन्दा अग्लो भवन
बेइजिङ । गोल्डिन फाइनान्स ११७ निर्माणकै क्रममा अपुरो छाडिएको ५९७ मिटर अग्लो गगनचुम्बी भवन हो । यो भवन चीनको सातौँ ठुलो सहर तियान्चिनको बाहिरी क्षेत्रमा छ ।
यसलाई सुरुमा तियान्चिनको विलासी रियल स्टेट प्रोजेक्टको रूपमा अगाडि बढाइएको थियो । सो भवन अहिले विश्वको सबैभन्दा अग्लो बेवारिसे भवनका रूपमा चर्चित छ । सन् २००८ मा यो भवन बनाउन सुरु गरिएको थियो ।
तर विश्वव्यापी आर्थिक मन्दीको असरले गर्दा त्यसको २ वर्षपछि नै निर्माण कार्य रोकियो । सन् २०११ मा पुनः यो परियोजनामा काम सुरु भयो । यसलाई सन् २०१८ देखि सन् २०१९ को बिचमा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर सन् २०१५ को सेप्टेम्बरमा पुनः निर्माणको काम रोक्का भयो ।
त्यसयता अहिलेसम्म यसको काम सुचारु हुन सकेको छैन । निर्माणको काम रोकिँदा यो विश्वको पाँचौँ अग्लो भवन थियो । अहिले यो बेवारिसे अवस्थामा छाडिएको विश्वकै सबैभन्दा अग्लो भवन बनेको छ ।
यो भवन जमिनमाथि १२८ तलाको हुने बताइएको थियो । यसमध्ये ११७ तलालाई होटेल र व्यावसायिक स्थलका रूपमा र बाँकी ११ तलालाई मेकानिकल र सञ्चालन सेवाका लागि राखिने भएको थियो । जमिनभन्दा मुनि यो भवनमा अरू ४ तला थिए । तर अहिले यो भवन भूत बङ्गलामा परिणत भएको छ ।
यो भवनलाई चिनियाँ रियल स्टेट कम्पनी गोल्डिन ग्रुपले बनाउन थालेको थियो । त्यतिबेला सो कम्पनी चीनको रियल स्टेट बजारमा नयाँ खेलाडी थियो । बजारका कयौँ दाउपेच कम्पनीलाई थाहा थिएन । त्यसमाथि सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटले कम्पनीमाथि दबाब अरू बढाइदियो ।
सन् २०१५ मा भवन निर्माणको काम ५९७ मिटर माथि पुगेको उपलक्ष्यमा उत्सव पनि मनाइयो । तर त्यसपछि निर्माणको सबै काम रोक्का भयो । चीनको सेयर बजारमा मूल्य वृद्धिको फोका फुटेपछि गोल्डिनसँग आफ्नै सेयर मूल्यलाई ‘अफ्लोट’ राख्ने जगेडा पैसा समेत भएन ।
सेयर मूल्य घट्दै गएपछि कम्पनीसँग अपुरो भवन हेरेर बस्नु बाहेकको विकल्प थिएन । तियान्चिन जस्तो दोस्रो स्तरको सहरमा त्यति ठुलो विलासी परियोजना थाल्नु नै कम्पनीको खराब निर्णय भएको एकाथरी विज्ञ बताउँछन् । यसलाई एक विश्लेषकले न्यूयोर्कको हड्सन यार्ड्स फिलाडेल्फियाको बाहिरी क्षेत्रमा बनाउन खोज्नु भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण