माओवादीले भन्यो– ओली गैरकानुनी रूपमा प्रधानमन्त्री नियुक्त भएका हुन्
काठमाडौँ । माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली गैरकानुनी रूपमा प्रधानमन्त्रीमा नियुक्त भएको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्ने विश्वास लिएको बताए ।
उनले भने, ‘अस्वाभाविक, अपवित्र र बदनियतपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारका प्रधानमन्त्रीले सङ्ख्यात्मक हिसाबले विश्वासको मत लिइसक्नुभएको छ । संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः धारा ७६ (३) सक्रिय भई प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रपतिज्यूले गैरकानुनी प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सो गैरकानुनी नियुक्तिको विषयमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेको छ र त्यसको पेशी साउन ३० गते तोकिएको छ । मलाई विश्वास छ सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्नेछ र संविधान संवत् प्रधानमन्त्री नियुक्त गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण