रजनीकान्तको ‘जेलर २’ आउने पक्का
नयाँ दिल्ली । तमिल सिनेमाका महानायक रजनीकान्तको जेलर फिल्मको सिक्वेल आउने भएको छ । सन् २०२३ मा रिलिज भएको अभिनेताको यो फिल्मलाई दर्शकले निकै मन पराएका थिए ।
बक्स अफिसमा यो फिल्म हिट साबित भयो भने यही फिल्मबाट नेल्सन दिलीप कुमारलाई निर्देशकको रूपमा स्टारडम पाएका थिए । केही महिनाअघि मात्रै ‘जेलर’को सिक्वेलको ल्याइने घोषणा गरिएको थियो । अब भने फिल्मबारे नयाँ जानकारी बाहिर आएको छ ।
भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार जेलरमा कमेडीको तड्का लगाउने कमेडियन योगी बाबुले जेलर २ बारे एक रोचक अपडेट शेयर गरेका छन् । जेलर २ को प्रि–प्रोडक्सनमा काम भइरहेको र पहिलोजस्तै गज्जबको कमेडी ट्र्याक बनाउने योजना रहेको निर्देशक नेल्सन दिलीप कुमारले बताएको भनेर उनले एक अन्तरवार्तामा भनेका थिए । फिल्मको सिक्वेलको औपचारिक घोषणा छिट्टै गरिने उनले बताएका छन् ।
तर फिल्मको सुटिङ कहिले देखि सुरु हुन्छ भन्ने चाहिँ थाहा हुन सकेको छैन । अहिले रजनीकान्त कुली र वेट्टियानको सुटिङमा व्यस्त छन् । मिडिया रिपोर्टका अनुसार वेट्टियान अक्टोबर २०२४ मा रिलिज हुन सक्छ । अर्को वर्ष रिलिज हुने योजनामा रहेको कुलीको पनि निरन्तर छायाङ्कन भइरहेको छ । यही कारणले जेलर २को छायाङ्कन र रिलिज मितिको घोषणामा केही समय लाग्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टका अनुसार जेलर २ आगामी वर्षको बिचतिर सिनेमाघरमा रिलिज हुन सक्छ ।
नेल्सन दिलीपकुमार द्वारा निर्देशित र सन पिक्चर्स अन्तरगत कलानीति मारनले निर्माण गरेको यो एक्सन कमेडी फिल्म थियो । फिल्ममा रजनीकान्त मुख्य भूमिकामा थिए । विनायकन, रम्या कृष्णन, तमन्ना भाटिया, वसन्त रवि, मिर्ना मेनन, योगी बाबु र सुनिल सहायक भूमिकामा थिए । फिल्ममा मोहनलाल, शिव राजकुमार र ज्याकी श्राफ क्यामियोमा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण