रजनीकान्तको ‘जेलर २’ आउने पक्का

नयाँ दिल्ली । तमिल सिनेमाका महानायक रजनीकान्तको जेलर फिल्मको सिक्वेल आउने भएको छ । सन् २०२३ मा रिलिज भएको अभिनेताको यो फिल्मलाई दर्शकले निकै मन पराएका थिए ।
बक्स अफिसमा यो फिल्म हिट साबित भयो भने यही फिल्मबाट नेल्सन दिलीप कुमारलाई निर्देशकको रूपमा स्टारडम पाएका थिए । केही महिनाअघि मात्रै ‘जेलर’को सिक्वेलको ल्याइने घोषणा गरिएको थियो । अब भने फिल्मबारे नयाँ जानकारी बाहिर आएको छ ।
भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार जेलरमा कमेडीको तड्का लगाउने कमेडियन योगी बाबुले जेलर २ बारे एक रोचक अपडेट शेयर गरेका छन् । जेलर २ को प्रि–प्रोडक्सनमा काम भइरहेको र पहिलोजस्तै गज्जबको कमेडी ट्र्याक बनाउने योजना रहेको निर्देशक नेल्सन दिलीप कुमारले बताएको भनेर उनले एक अन्तरवार्तामा भनेका थिए । फिल्मको सिक्वेलको औपचारिक घोषणा छिट्टै गरिने उनले बताएका छन् ।
तर फिल्मको सुटिङ कहिले देखि सुरु हुन्छ भन्ने चाहिँ थाहा हुन सकेको छैन । अहिले रजनीकान्त कुली र वेट्टियानको सुटिङमा व्यस्त छन् । मिडिया रिपोर्टका अनुसार वेट्टियान अक्टोबर २०२४ मा रिलिज हुन सक्छ । अर्को वर्ष रिलिज हुने योजनामा रहेको कुलीको पनि निरन्तर छायाङ्कन भइरहेको छ । यही कारणले जेलर २को छायाङ्कन र रिलिज मितिको घोषणामा केही समय लाग्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टका अनुसार जेलर २ आगामी वर्षको बिचतिर सिनेमाघरमा रिलिज हुन सक्छ ।
नेल्सन दिलीपकुमार द्वारा निर्देशित र सन पिक्चर्स अन्तरगत कलानीति मारनले निर्माण गरेको यो एक्सन कमेडी फिल्म थियो । फिल्ममा रजनीकान्त मुख्य भूमिकामा थिए । विनायकन, रम्या कृष्णन, तमन्ना भाटिया, वसन्त रवि, मिर्ना मेनन, योगी बाबु र सुनिल सहायक भूमिकामा थिए । फिल्ममा मोहनलाल, शिव राजकुमार र ज्याकी श्राफ क्यामियोमा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी
-
प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, तस्बिरहरू
-
कमल थापा, दिपक सिंह लगायत पक्राउपछि राप्रपाले भन्यो - सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास