बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा भारतीय लगानी : उद्योग दर्ता बढी, काम कम

सोमबार, २४ वैशाख २०७५, १२ : ०४
सोमबार, २४ वैशाख २०७५

काठमाडौँ । छिमेकी मुलुक भारतले नेपालमा हालसम्म १९ वटा ऊर्जा कम्पनी दर्ता गराएको उद्योग विभागको तथ्याङ्कमा छ । तर, तीमध्ये काम भइरहेका आयोजना भने निकै न्यून रहेको विद्युत विकास विभागले जनाएको छ । अधिकांश आयोजनाको सेयर नेपाली लगानीकर्तामा रूपान्तरण भइसकेको र कतिपय आयोजना निर्माणमा ढिलाइ भएको भन्दै लाइसेन्स नै रद्द गरिएको विद्युत विकास विभागका प्रवक्ता बाबुराज अधिकारीले बताए ।  

पटेल इन्जिनियररिङ र दुर्गाप्रसाद लगानीकर्ता रहेको नौलो नेपाल हाइड्रो इलेक्ट्रिकले लाइसेन्स फिर्ता लिइसकेको छ । यस्तै ओमप्रकाश अजमेयर र सुवासचन्द्र सिंघानिया लगानीकर्ता रहेको बलेफी जलविद्युतको सेयर सबै नेपालीले लिइसकेको प्रवक्ता अधिकारीले बताए । यता मनाङ मस्र्याङ्दी जलविद्युतको पनि सेयर रूपान्तरण भइसकेको छ ।

यी मात्र होइन अधिकांश कम्पनी दर्ता मात्र भए तर काम अघि बढेनन् । कतिपय सेयर नेपालीमा रूपान्तरण भए र केहीको लाइसेन्स रद्द गरियो, उनले भने ।  

हालसम्म उद्योग विभागमा दर्ता भएका भारतीय लगानीको ऊर्जा कम्पनी 
                            

स्रोत : उद्योग विभाग


उसो त भारतको नेपालमा मात्रै ७१४ वटा उद्योग दर्ता छन् । उद्योग विभागले उद्योग दर्ता मात्र गर्ने र ती दर्ता भएका उद्योग कति  सञ्चालनमा आए भन्ने तथ्याङ्क राख्ने कुनै पनि निकाय नभएकाले कति रकम बराबरको वैदेशिक लगानीको उद्योग छन भन्ने वास्तविक तथ्याङ्क आउन सकेको छैन ।   

भारतीय लगानीको कृषि तथा वनमा आधारित ९ वटा उद्योग, निर्माणमा आधारित १७ वटा, ऊर्जामा आधारित १९ वटा, सूचना प्रविधिमा आधारित २ वटा, म्यानुफ्याक्चरिङका ३८१ वटा उद्योग, मिनरलमा १७,  सेवामा आधारित १९४ उद्योग र पर्यटनमा आधारित ७५ वटा उद्योग दर्ता भएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले बताए । पछिल्लो समय भारतभन्दा चीनको नेपालमा लगानी बढ्दै भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा मात्र ३० अर्बको ठूला उद्योग दर्ता हुनु र त्यसमा पनि चीनको लगानी २७ अर्बभन्दा माथि रहनुले नेपालमा चिनियाँ लगानी बढ्दै गएको प्रष्ट हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप