जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए ।
“कसका कति भेडा मरेका हुन् भन्ने यकिन विवरण आउन बाँकी छ । चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्”, अध्यक्ष रोकायाले भने,“यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठुलो आर्थिक क्षति भएको छ । अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्नेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले