संसदमा आफ्नो कुरा राखेर सत्ता छाड्ने तयारीमा मुख्यमन्त्री सोडारी

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी सरकारबाट बाहिरिनेबारे आन्तरिक छलफल तथा परामर्श गरिरहेका छन् ।
अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आफू सत्तारुढ राजनीतिक दलसहित सरोकारवालासँग छलफलमै रहेको मुख्यमन्त्री सोडारीले बताए ।
रातोपाटीसँग मुख्यमन्त्री सोडारीले भने, ‘आज पनि छलफलमै छु । संसदमा आफ्नो कुरा राख्ने र साथीहरू (प्रतिपक्ष) सरकार सञ्चालनमा अगाडि बढ्नुस् भन्दै शुभकामना दिने हो ।’
सरकारप्रति तथा अहिले उत्पन्न बजेटको जटिलताबारे आफू निकै गम्भीर रहेको बताउँदै उनले माथिल्लो राजनीतिक खिचातानीले प्रदेशमा समस्या आएको स्पष्ट पारे ।
उनले भने, ‘यहाँ त कुनै समस्यै छैन नि । समस्या त माथिबाट सिर्जना गरिएको हो । न त एमालेका राजेन्द्र रावल दाइसँग मेरो कुनै वैमनस्यता छ, न कांग्रेसको कमल शाहसँग । मलाई मुख्यमन्त्री बनाउन सिफारिस गर्ने रावल नै हो । म उहाँहरूलाई चाहिने र मलाई पनि उहाँहरू चाहिने नै हो ।’
असार १७ गते एमाले र कांग्रेसबिच भएको राजनीतिक सहमतिपछि सोडारी नेतृत्वको सरकारबाट एमाले बाहिरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने