च्यासलमा बाढी पसेपछि बसेरा होटेलमा एमाले बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बाढी पसेपछि एमालेले सिंहदरबारस्थित बसेरा होटेलमा सचिवालय बैठक राखेको छ ।
काठमाडौँ उपत्यकामा बुधबार परेको अविरल वर्षापछि आएको बाढी एमाले केन्द्रीय कार्यालय परिसरभित्र पस्दा अस्तव्यस्त बनेकाले होटेलमा बैठक राख्नुपरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए । उनका अनुसार बैठक बिहान ११ बजे बस्दै छ ।
‘बुधबार पार्टी कार्यालयमा बाढी पसेपछि अस्तव्यस्त बन्यो, त्यही भएर बैठक अन्यत्र राख्नुपरेको हो’, अधिकारीको भनाइ छ । प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष ओलीले बालुवाटारमा पार्टी बैठक नराख्ने बिहीबारै घोषणा गरेका छन् । यसअघि ओली प्रधानमन्त्री भएका बेला पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राखेको भन्दै चर्को आलोचना भएको थियो ।
बिहीबारको सचिवालय बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘त्यसबाहेक समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा