च्यासलमा बाढी पसेपछि बसेरा होटेलमा एमाले बैठक
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बाढी पसेपछि एमालेले सिंहदरबारस्थित बसेरा होटेलमा सचिवालय बैठक राखेको छ ।
काठमाडौँ उपत्यकामा बुधबार परेको अविरल वर्षापछि आएको बाढी एमाले केन्द्रीय कार्यालय परिसरभित्र पस्दा अस्तव्यस्त बनेकाले होटेलमा बैठक राख्नुपरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए । उनका अनुसार बैठक बिहान ११ बजे बस्दै छ ।
‘बुधबार पार्टी कार्यालयमा बाढी पसेपछि अस्तव्यस्त बन्यो, त्यही भएर बैठक अन्यत्र राख्नुपरेको हो’, अधिकारीको भनाइ छ । प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष ओलीले बालुवाटारमा पार्टी बैठक नराख्ने बिहीबारै घोषणा गरेका छन् । यसअघि ओली प्रधानमन्त्री भएका बेला पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राखेको भन्दै चर्को आलोचना भएको थियो ।
बिहीबारको सचिवालय बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘त्यसबाहेक समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण