कुकुरलाई धेरै खान दिएपछि मर्यो, महिलालाई २ महिनाको जेल सजाय
न्यूजिल्यान्डमा एक जना महिलालाई २ महिनाको जेल सजाय सुनाइएको छ । घरमा पालेको कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा नाम नखुलाइएको ती महिलालाई सो सजाय सुनाइएको हो ।
धेरै खाएकै कारण नुगी नाम गरेको सो कुकुर हिँड्न समेत नसक्ने गरी मोटो भएको थियो । सन् २०२१ को अक्टोबरमा अकल्यान्डस्थित घरबाट पशुमाथि हुने क्रूरता रोक्न बनेको संस्था (सीपीसीए)ले उद्धार गर्दा नुगीको तौल ५३ दशमलव ७ केजी थियो । उसका साना खुट्टाले शरीरको तौल थेग्नै सक्दैनथ्यो ।
१० मिटरको दूरी पार गर्न पनि पटक पटक रोकिएर हिँड्नु पर्थ्यो । कुकुरको ज्यानमा यति धेरै बोसो थियो कि भेटनरी डाक्टरले जाँच्ने बेलामा मुटुको धड्कन सुन्नै सक्दैनथे । हिँड्नै नसक्ने भएर जति बेला पनि सुतिरहँदा कुकुरको कुहिना र पेटमा घाउ नै घाउ थियो । नुगीको मालिकले उसलाई दिनकै ८/१० टुक्रा मासु र बिस्कुट खुवाउँथे । तर उसको स्थितिलाई बेवास्ता गर्दै उसको मालिक चाहिने भन्दा बढ्दा खुवाउन बन्द गरेनन् ।
सीपीसीएले उद्धार गरेपछि कुकुरको तौल झन्डै नौ किलो घटेको थियो । तर अत्यधिक तौलका कारण नुगीमा कलेजोमा रोग लगायत अनेक समस्या देखिएको थियो । कलेजोमा समस्याकै कारण उद्धार गरिएको केही महिनामै कुकुरको मृत्यु भयो ।
गएको हप्ता मानुकाउ जिल्ला अदालतले नुगीको मालिकलाई १ हजार १२२ न्यूजील्यान्ड डलर जरिवाना तिर्न आदेश दिँदै एक वर्षसम्म घरमा कुकुर पाल्न अयोग्य ठहर गरेको छ । साथै दुई महिनाको जेल सजाय पनि सुनाएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण