समाचार
कौशलटारको एक घरमा आगलागी
बिहीबार, १७ साउन २०८१, २२ : ५३

काठमाडौँ । भक्तपुरको कौशलटारस्थित एक घरमा आगलागी भएको छ । मध्यपुर थिमी नगरपालिका स्थित कौशालटारमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
घटनास्थलमा एउटा दमकल पुगेको छ । काठमाडौंबाट थप दुईवटा दमकल घटनास्थलमा जाँदै छन् । आगलागीको कारण खुलेको छैन ।