कैशलटारमा लागेको आगो निभाउन पाँच दमकलको प्रयोग
शुक्रबार, १८ साउन २०८१, ०८ : ५९
भक्तपुर । गएराति भक्तपुरको कैशलटारमा लागेको आगो नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
हिजो राति १०ः२० बजे कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको ४ तले पक्की घरको भुईँ तलामा रहेको नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी भएको थियो ।
उक्त आगो भक्तपुरको २ वटा, काठमाडौँको २ वटा र ललितपुरको एक गरी ५ दमकलको प्रयोग गरी राति ११ः४७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । एकिन क्षतिको विवरण आउन भने बाँकी नै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण