चुनावी अभियानको चन्दा संकलनमा ह्यारिसले ट्रम्पलाई उछिनिन्

वाशिङटन डीसी । अमेरिकामा यतिबेला राष्ट्रपति निर्वाचनको व्यापाक प्रचार प्रसार भइरहेको छ । रिपब्लिकन र डेमोक्रेट दुवै दल आ–आफ्नो उम्मेदवारको लागि धमाधम चन्दा संकलन गरिरहेका छन् । रिपब्लिकन उमेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले जुलाई महिनामा १३ करोड ९० लाख डलर चन्दा संकलन गरेको छ ।
योसँगै उनको चुनावी अभियानको बैंक खातामा ३२ करोड ७० लाख डलर नगद जम्मा भएको बताइएको छ । ट्रम्पको लागि जुलाई चन्दा संकलनको मामिलामा अहिलेसम्मकै राम्रो महिना साबित भएको छ । ट्रम्पको हत्या प्रयास भएपछि जुलाईमा चन्दा संकलन ह्वात्तै बढ्यो । जुनमा पनि उनको समूहले ११ करोड २० लाख डलर जुटाएको थियो ।
सोही समयमा वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेट पार्टीको तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानले भने २० करोड डलर उठाएको देखिएको छ । ट्रम्पसँगको पहिलो राष्ट्रव्यापी खुला बहसमा बाइडेनको निराशाजनक प्रदर्शन पछिका पहिलो तीन हप्तामा चन्दा संकलन ह्वात्तै घटेको थियो ।
बाइडेनले ह्वाइट हाउसमा दोहोर्याएर जाने जिद्दी त्यागेपछिको सात दिनमै ह्यारिसको चुनावी अभियान टोलीले २० करोड डलर संकलन गरेको बताइएको छ । डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारको भन्दा धेरै चन्दा संकलन गरेको यो दोस्रो महिना हुनेछ ।
जुनमा पनि बाइडेनको चुनावी अभियान टोलीले १२ करोड ७० लाख डलर चन्दा उठाएको थियो । योसँगै सो अभियानको बैंक खातामा २४ लाख डलर नगद जम्मा भएको । जुलाईको पैसा थपिँदा कूल रकम बढेर ५४ करोड डलरमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई
-
एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि