चुनावी अभियानको चन्दा संकलनमा ह्यारिसले ट्रम्पलाई उछिनिन्
वाशिङटन डीसी । अमेरिकामा यतिबेला राष्ट्रपति निर्वाचनको व्यापाक प्रचार प्रसार भइरहेको छ । रिपब्लिकन र डेमोक्रेट दुवै दल आ–आफ्नो उम्मेदवारको लागि धमाधम चन्दा संकलन गरिरहेका छन् । रिपब्लिकन उमेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले जुलाई महिनामा १३ करोड ९० लाख डलर चन्दा संकलन गरेको छ ।
योसँगै उनको चुनावी अभियानको बैंक खातामा ३२ करोड ७० लाख डलर नगद जम्मा भएको बताइएको छ । ट्रम्पको लागि जुलाई चन्दा संकलनको मामिलामा अहिलेसम्मकै राम्रो महिना साबित भएको छ । ट्रम्पको हत्या प्रयास भएपछि जुलाईमा चन्दा संकलन ह्वात्तै बढ्यो । जुनमा पनि उनको समूहले ११ करोड २० लाख डलर जुटाएको थियो ।
सोही समयमा वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेट पार्टीको तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानले भने २० करोड डलर उठाएको देखिएको छ । ट्रम्पसँगको पहिलो राष्ट्रव्यापी खुला बहसमा बाइडेनको निराशाजनक प्रदर्शन पछिका पहिलो तीन हप्तामा चन्दा संकलन ह्वात्तै घटेको थियो ।
बाइडेनले ह्वाइट हाउसमा दोहोर्याएर जाने जिद्दी त्यागेपछिको सात दिनमै ह्यारिसको चुनावी अभियान टोलीले २० करोड डलर संकलन गरेको बताइएको छ । डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारको भन्दा धेरै चन्दा संकलन गरेको यो दोस्रो महिना हुनेछ ।
जुनमा पनि बाइडेनको चुनावी अभियान टोलीले १२ करोड ७० लाख डलर चन्दा उठाएको थियो । योसँगै सो अभियानको बैंक खातामा २४ लाख डलर नगद जम्मा भएको । जुलाईको पैसा थपिँदा कूल रकम बढेर ५४ करोड डलरमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण