मौद्रिक नीतिमा पूर्वअर्थमन्त्री महतको असहमति, सेयर बजारमा साना लगानीकर्ता डुब्ने खतरा देखियो

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाएका छन् । राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको भन्दै डा. महतले यसले अर्को वित्तीय अराजकता ल्याउने खतरा बढाएको बताए ।
‘यसअघि धेरै खुकुलो मौद्रिक नीति ल्याउँदा अत्यधिक कर्जा प्रवाह भयो र त्यो उपलब्धिको क्षेत्रमा गएन । जसले ऋण उठाउन सकिएन । फेरि कसिलो मौद्रिक नीति लिइयो । त्यसैले अत्यधिक खुकुलो मौद्रिक नीति लिँदा अर्को समस्या आउने खतरा रहन्छ । तथापि, यो राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको कुरा हो । म अर्थमन्त्री हुँदा गभर्नर सावले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो फेरि पछि धेरै टाइट गर्नुभयो । पछि अर्थतन्त्र सहज गर्न खुकुलो गर्नुपर्यो भनेपछि केही सहज भयो,’ डा.महतले भने,‘१८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो । अहिले अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउनुभएको छ, गभर्नर र अर्थमन्त्रीको राम्रो ट्युनिक मिलेको छ भन्ने सुनिराखेका छौँ ।’
अहिले सेयर बजारमा उत्साह आउनुको कारण नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारप्रतिको विश्वास रहनु रहेको डा. महतले बताए ।
पछिल्लो समय कम्पनीको वित्तीय विवरण अनुसार नेप्से नबढेर अनावश्यक रूपमा बढाइएको उनले बताए । उनले यसले सेयर बजारमा साना लगानीकर्ताहरू डुब्ने खतरा बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर