समाचार
एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
हत्यापछि आत्महत्या आशंका
शुक्रबार, १८ साउन २०८१, १६ : ४६
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै झरना गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिएका छन् ।
काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन् ।
साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए । शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।
करिष्माको घाँटीमा चोट देखिएको छ । भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतले हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण