बलात्कारको कसुर मोड्न आरोपीले आफैँलाई गरे चुप्पी प्रहार

काठमाडौँ । ओखलढुंगााको माने भन्ज्याङ गाउँपालिका–९ मा बलात्कार घटनाबाट जोगिन आरोपीले आफैँलाई धारिलो हतियार प्रहार गरेका छन् । साउन ७ मा राति साढे ११ बजे मोलुङ खोला किनारमा रगतपच्छे अवस्थामा भेटिएका ५० वर्षीय केशरप्रसाद बास्तोलाबारे अनुसन्धान गर्दा उनी बलात्कारमा संलग्न आरोपी भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
बास्तोला समेतले २१ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेर घटना मोड्न र समाजको सहानुभूति बटुल्न आफैँलाई धारिलो हतियार ‘चुप्पी’ प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर विजय कार्कीले बताए ।
सुरुमा बास्तोलाले ‘मध्यरातमा अपरिचित मानिसहरू आएर झोलुङ्गे पुल नजिक लगेर लुटेको र धारिलो हतियार प्रहार गरेर मोलुङ खोलामा फालेको’ जिकिर गरे । तर, उनले समेत बलात्कार गरेकी युवती गर्भवती भएको रहस्य खुले पनि उनले घटना स्वीकार गरेका हुन् । इन्स्पेक्टर कार्की भन्छन्–‘आरोपीले घटना स्वीकार गरेका छन्, हामीले उहाँसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’
साउन ६ मा बास्तोलाले बलात्कृत युवतीलाई गर्भपतन गराउन काठमाडौँ पठाए । काठमाडौँमा गर्भपतन गर्नुअघि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको थियो । घटना प्रहरीसम्म पुगेको सूचना पाएपछि उनले घरमै भएको धारिलो हतियार चुप्पी प्रहार गरेर आत्महत्या प्रयास गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपमा बास्तोला, ६३ वर्षीय नन्दलाल गौतम र ८६ वर्षीय कपिलमणि गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले पटक–पटक ती युवतीलाई बलात्कार गरेको आरोप छ । अनुसन्धानका लागि गर्भपतन गरेको नवजात शिशुको डीएनए परीक्षण गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?