कांग्रेस र एमालेबिच बनेको गठबन्धनले मुलुकलाई निकास दिँदैन : मुख्यमन्त्री सोडारी
शुक्रबार, १८ साउन २०८१, १७ : २६
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले कांग्रेस र एमालेबिच बनेको गठबन्धनले मुलुकलाई निकास नदिने आशङ्का व्यक्त गरेका छन् ।
विश्वासको मतको लागि आह्वान गरिएको बैठकलाई सम्बोधन गर्दै उनले स्थिर राजनीतिको नाम दिएर गरिएको गठबन्धनप्रति आशङ्का व्यक्त गरेका हुन् ।
उनले भने, ‘माथिकै नेताहरूकै कारण यहाँ असहज स्थिति भएको हो । यहाँको पनि माथिको पनि कांग्रेस नै ठुलो पार्टी । एमाले पनि ठुलो पार्टी हो, हिजो हामीले बनाएको पार्टी हो । दुइटै पार्टी मिलेर हात्तीले प्रेमलाभ गर्दा, संसर्ग गर्दाखेरी कस्तो काम गर्छ भने तलको खेतीपाती पनि विनाश गर्छ । प्रेमलाभ गर्दा पनि विनाश, झगडा गर्दा पनि विनाश गर्छ । तर त्यस्तो नहोस् भन्ने कामना छ ।’
सम्बोधनपछि मुख्यमन्त्री सोडारीले राजीनामा दिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण