संविधान संशोधनको माग गर्दै नेपाल बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
शुक्रबार, १८ साउन २०८१, १७ : ४४
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधनको माग गर्दै ज्ञानपन पत्र बुझाएको छ। वार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले संविधान संशोधनको बारेमा प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो।
कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनले गत जेठको पहिलो साता ३८ बुँदे माग सहित काठमाडौँ घोषणापत्र जारी गरेको थियो । सम्मेलनले न्यायपालिकाको स्वतन्त्रता, सङ्घीयता कार्यान्वयन र चुस्त सेवा प्रवाहका लागि न्यायपालिकाको पुनर्संरचना हुनुपर्ने अवधारणा अघि सारेको थियो ।
कांग्रेस र एमालेले सत्ता साझेदारीका साथसाथै संविधान कार्यान्वयनका क्रममा देखिएका अड्चनको पहिचान गर्ने र संविधान संशोधनको पहल गर्ने समझदारीका साथ राजनीतिक सहमति गरेका थिए । त्यसबाट उत्साहित बारको टोलीले शुक्रवार ज्ञापन पत्र बुझाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण