श्रीलंका र भारतबिचको पहिलो एकदिवसीय बराबरीमा टुंगियो
कोलम्बो । वानिन्दु हसरंगा र चरिथ अशलंकाले शानदार बलिङ प्रदर्शन गरेपछि श्रीलंका र भारतबिचको पहिलो एकदिवसीय खेल बराबरीमा टुङ्गिएको छ । शुक्रबार भएको खेलमा २ सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २ सय ३० रनमा अलआउट बन्न पुगेको हो ।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए । उनले ४७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, अक्षर पटेलले ३३ रन तथा केएल राहुलले ३१ रनको योगदान दिए ।
शिवम दुबेले २५ रन जोडे भने विराट कोहलीले २४ रन तथा श्रेयर ऐयरले २३ रन बनाए । टोलीलाई दुई विकेट हातमा रहँदा जितका लागि १८ बलमा मात्र ५ रन चाहिएको थियो ।
तर, हसरंगाले १० ओभरमा ५८ रन खेर्चेर ३ विकेट तथा अशलंकाले ८.५ ओभर बलिङ गर्दै ३० रन खर्चँदै ३ विकेट लिए पछि भारत जितबाट वञ्चित रह्यो । दुनिथ वेलालागेले २ विकेट लिँदै उनीहरूलाई राम्रो साथ दिए ।
यसअघि, पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३० रन बनाएको थियो । कुनै समय ५ विकेटको क्षति १ सय १ को स्थितिमा रहेको टोलीका लागि वेलालागेले नटआउट रहेर ६७ रन बनाउँदै सङ्कटबाट पार लगाएका थिए । उनले ६५ बलमा ७ चौका र २ छक्का हिर्काए ।
ओपनर पाथुम निशांकाले ७५ बलमा ५६ रन जोडे भने हसरंगाले २४ रन तथा जानिथ लियानागेले २० रनको योगदान दिए ।
भारतका लागि अर्शदीप सिंह र अक्षर पटेलले २–२ विकेट लिए । त्यस्तै, मोहम्मद सिराज, शिवम दुबे, कुलदीप यादव र वासिङ्टन सुन्दरले १–१ विकेट हात पारे ।
तीन खेलको शृङ्खलाको दोस्रो खेल आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण