कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन् । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्बाट विश्वासको मत पाएका थिए ।
तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।
शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन । सम्भवतः आइतबार उनीहरुको शपथ हुने छ भने सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण