एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ (तस्बिरहरु)
काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष बराल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लिला श्रेष्ठसहित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।
_hrwSgShvdK.jpg)
गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
_QGLl3j67Jv.jpg)
त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_UpPVV7rlgf.jpg)
_n0tZMMluWK.jpg)
_yN9gbfPwPL.jpg)
_bI8HoZdMqn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
-
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकार अग्रसर
-
नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण