परराष्ट्र सचिव लम्साल ओमान जाँदै
आइतबार, २० साउन २०८१, १५ : ५४

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल ओमान जाने भएकी छिन् ।
सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार ओमानको राजधानी मस्कट जान लागेको मन्त्रालयले जनाएको छ । यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबिचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन् । उनी यही साउन २५ गते स्वदेश फर्किनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?