बंगलादेश : सरकारविरोधी प्रदर्शनमा ७० जनाभन्दा बढीको मृत्यु, देशभर कर्फ्यु
ढाका । बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबिच बढ्दो झडपमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । बंगलादेशका विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन्। विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन माग गर्दै सविनय अवज्ञा आन्दोलनको घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार सिराजगञ्ज जिल्लाको एक प्रहरी चौकीमा हजारौँ मानिसले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको थियो । बंगलादेशमा गत महिनादेखि सरकारी जागिरमा कोटा खारेज गर्न माग गर्दै विद्यार्थी आन्दोलन भइरहेको थियो । तर अहिले यो व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।
आइतबार देशका विभिन्न भागमा यस्ता विरोध प्रदर्शन भएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गरेको थियो । यसका साथै देशमा रात्रि कर्फ्यु पनि लगाइएको छ । यी प्रदर्शनमा अहिलेसम्म करिब २ सय जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार आइतबार राति ६ बजेदेखि देशभर कर्फ्यु लागू गरिएको छ । राजधानी ढाकामा अहिले मोबाइल इन्टरनेट बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण