शेख हसिनाले देश छोडेपछि एमाले सचिव विष्टले भने– ‘सर्वशक्तिमान् जनतानै हुन् र अन्तिम शक्ति जनतामै निहित रहन्छ’
सोमबार, २१ साउन २०८१, १८ : २९
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको बारेमा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री हसिनाले देश छाडेपछि सचिव विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसबारेमा प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्, ‘सर्वशक्तिमान् जनता नै हुन् र अन्तिम शक्ति जनता मै निहित रहन्छ ।’
सचिव विष्टले विगत १५ वर्षदेखि लगातार बंगलादेशको प्रधानमन्त्री रहेकी हसिनाले लोकतन्त्रका आधारभूत मूल्य मान्यता र जनआवाजलाई बेवास्ता गर्दै सत्तामा टिकिरहन अनेकन् प्रयत्न गरेको पनि बताए । उनले हसिना असफल भएपछि देश छोड्न बाध्य भएको बताए ।
देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेकी हुन् ।
बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण