मोहम्मद युनुसले गर्लान् बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व ?
मङ्गलबार, २२ साउन २०८१, ११ : २५
ढाका । बंगलादेशमा हिंसा भड्किएपछि शेख हसिनाले प्रधानमन्त्रीको पद त्यागेर भारतमा शरण लिएकी छिन् । भारतबाट उनी बेलायत जान सक्ने अनुमानहरू आइरहेका छन् ।
यसैबीच बंगलादेशमा सेनाको नेतृत्वमा अन्तरिम सरकार गठनको तयारी भइरहेको छ । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न सक्नेछन् ।
प्रदर्शनरत विद्यार्थी संगठनका नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न मोहम्मद युनुसलाई अनुरोध गरेको बताइएको छ ।
राष्ट्रपतिलाई उनीहरूले सकेसम्म छिटै युनुसको नेतत्वमा अन्तरिम सरकार बनाउन अनुराध गरेका छन् । विद्यार्थी नेताहरूले युनुससँग पनि कुराकानी गरेको र बंगलादेशका लागि यो महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न उनी राजी भएक बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण