ढाकामा आवामी लिगको नेताको होटलमा आगजनी, २४ जनाको जलेर मृत्यु
ढाका । बंगलादेशको एक होटलमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा एक जना इन्डोनेशियाली नागरिकको पनि मृत्यु भएको बताइएको छ ।
रिपोर्टका अनुसार आवामी लिगका एक नेताको सो होटलमा सोमबार आगजनी गरिएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लिगका निकटतम सदस्यको होटल थियो ।
बंगलादेशको दैनिक पत्रिका डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो । अखबारको रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न दिएनन् । जसका कारण उद्धार कार्य ढिलो सुरु भयो । यो होटल बंगलादेशको दक्षिण–पश्चिममा शहर जसोरमा थियो । होटलका मालिक शाहीन चक्लादार हुन्, जो जसोर जिल्लाको अवामी लिग पार्टीका महासचिव हुन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख रहँदै आएकी छिन् । सरकारी जागिरमा आरक्षण विरोधी प्रदर्शनले उग्र रुप लिएपछि सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत गएकी थिइन् । त्यसपछि सेनाले विद्यार्थी र सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको थियो । बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसा, लुटपाट र आगजनीका समाचार आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण