जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना
बुधबार, २३ साउन २०८१, ०८ : ०४

तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ ।
अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो । हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेङ्गी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् ।
यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल
-
बेरुजु के हो ? किन गरिन्छ लेखापरीक्षण ?
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने
-
डान्सर स्वस्थानीलाई प्रश्न : नृत्यलाई समाजले कसरी हेर्छ ?
-
महिला टी–२० विश्वकप छनोट : टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय
-
पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द