ट्रम्पलाई मार्ने षड्यन्त्र गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
वासिङ्टन डीसी । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्रलाई इरानसँग जोडेका छन् ।
४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप लागेको छ । रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए ।
कुनै राजनीतिज्ञ वा अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षड्यन्त्र आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबीआईले आफ्नो पूरा स्रोत प्रयोग गर्ने मंगलबार एफबीआई निर्देशकले बताएका थिए । आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरिएको थियो । अहिले उनलाई न्यूयोर्कमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण