बेलायतमा शरण नपाउँदासम्म हसिना भारतमै बस्ने
बुधबार, २३ साउन २०८१, १० : ३४
नयाँ दिल्ली । पूर्व बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना बेलायतमा शरण नपाउँदासम्म भारतमै बस्ने भएकी छिन् । रिपब्लिक टिभीको समाचारलाई उद्धृत गर्दै बङ्गलादेशको अङ्ग्रेजी भाषाको दैनिक द डेली स्टारले समाचार लेखेको छ ।
हसिना अन्यत्र नजाँदासम्म भारतले उनका लागि सबै लजिष्टिक टेवा उपलब्ध गराउने पनि समाचारमा भनिएको छ । हसिनालाई भारतले सुरक्षित स्थानमा राखेको छ । यतिबेला भारतको हवाई बल र अन्य सुरक्षा एजेन्सीहरूले हसिनालाई सुरक्षा दिइरहेको अज्ञात स्रोतलाई उद्धृत गरेर एएनआईले समाचार छापेको छ ।
दिल्लीमा हसिनाले आफ्नो छोरीलाई भेट्न सक्ने बताइएको छ । हसिनाकी छोरी साइमा वाजिद दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण