बेलायतमा शरण नपाउँदासम्म हसिना भारतमै बस्ने
बुधबार, २३ साउन २०८१, १० : ३४

नयाँ दिल्ली । पूर्व बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना बेलायतमा शरण नपाउँदासम्म भारतमै बस्ने भएकी छिन् । रिपब्लिक टिभीको समाचारलाई उद्धृत गर्दै बङ्गलादेशको अङ्ग्रेजी भाषाको दैनिक द डेली स्टारले समाचार लेखेको छ ।
हसिना अन्यत्र नजाँदासम्म भारतले उनका लागि सबै लजिष्टिक टेवा उपलब्ध गराउने पनि समाचारमा भनिएको छ । हसिनालाई भारतले सुरक्षित स्थानमा राखेको छ । यतिबेला भारतको हवाई बल र अन्य सुरक्षा एजेन्सीहरूले हसिनालाई सुरक्षा दिइरहेको अज्ञात स्रोतलाई उद्धृत गरेर एएनआईले समाचार छापेको छ ।
दिल्लीमा हसिनाले आफ्नो छोरीलाई भेट्न सक्ने बताइएको छ । हसिनाकी छोरी साइमा वाजिद दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द