खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु : मन्त्री चौधरी
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान उपाध्यक्ष शिव कोइरालाको बिदाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले खेलाडीहरुका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान् खेलाडी पलायन भइरहने बताए । उनले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरूलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि बताए । उनले खेलाडीहरूका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायहरूलाई अप्रिय निर्णय लिने चेतावनी दिए । उनले सरकारले उत्कृष्ट खेलाडीहरूको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहरूका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताए ।
मन्त्री चौधरीले खेलाडीको जीवन बीमा बढाउने गरी सरकारले सोचिरहेको बताए । उनले खेलाडीहरूको स्वास्थ्य बीमाका बारेमा अस्पतालहरूसँग कुरा भइरहेको बताए । उनले खेलाडीहरूलाई नेपाली सेना र नेपाल प्रहरीमा मात्रै जागिर दिइरहेको भन्दै अन्य क्षेत्रमा पनि जोड्ने गरी आवश्यक पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
-
आइटिएफ टेनिस : नेपालका आरभ र सुनिरा सेमिफाइनलमा
-
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई
-
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’