डलरका कुरा गरेर उक्साउने काम कसैले नगरौँ : सांसद प्रधान
बिहीबार, २४ साउन २०८१, १३ : ०३

काठमाडौँ । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले टीआरसी सम्बन्धी विधेयकमा कसैलाई उचाल्ने कुरा गरेर सहमति बिथोल्न खोज्न नहुने बताएका छन्। बिहीबार मानवअधिकार समितिको बैठकमा बोल्दै उनले डलरका कुरा अब गर्न नहुने बताए।
‘यसलाई डलरको खेती नबनाऊ । विगतमा सबैले ज्ञान हासिलका लागि गरे। हामीलाई पछि परिपूरणका लागि डलर नै माग्नुपर्ने हुन्छ’ उनले भने, ‘अहिले दलहरूका बिचमा एकता देखिएको छ।’
उनले आयोगमा नियुक्त हुने पदाधिकारी सक्षम हुनुपर्ने समेत बताए। सङ्क्रमणकालीन न्यायका दुई आयोगमा ६३ हजार फाइल अध्ययन गर्नुपर्ने भएकाले त्यहाँ नियुक्ति हुने पदाधिकारी सक्षम हुनुपर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
-
गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
-
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
महालेखाले भन्यो, ‘बैङ्कहरूले राखेनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खुल्ने विवरण’
-
विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने दाबीसहितको रिट दर्ता भएन, बिहीबार निर्णय हुने
-
पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन