सौन्दर्य प्रतियोगितामा छोरी चौथो स्थानमा सीमित भएपछि पिताले चलाए गोली
ब्राजिलमा क्षेत्रीयस्तरमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा अचम्मको घटना भएको छ । प्रतियोगितामा आफ्नी छोरी चौथो स्थानभन्दा अगाडि बढ्न नसकेपछि रिसाएका पिताले प्रतियोगिताका निर्णायकमाथि नै गोली चलाए ।
घटना जुलाई २८ मा अल्तामिरा सहरमा भएको हो । प्रतियोगिता समाप्त भएको केही घण्टापछि एक प्रतिस्पर्धीको पिता सेबास्टियाओ फ्रान्सिस्कोले छोरी चौथो स्थानमा खुम्चिएकोमा असन्तुष्टि व्यक्त गर्न थाले । आफ्नी छोरीले प्रतिस्पर्धा जित्नेमा सेबास्टियाओ ढुक्कै थिए ।
छोरीले उपाधि जित्न नसक्नुलाई उनले अपमान ठाने । निर्णायकहरूको निर्णय र मूल्याङ्कनका मापदण्डमाथि प्रश्न उठाउन थाले । प्रतियोगिता स्थलभर निजी सुरक्षाकर्मी र सैन्य प्रहरीहरू टन्नै थिए । तर रिसाएका ती पुरुषले केही सोच्दै नसोची एक जना निर्णायकमाथि गोली चलाए ।
प्रतियोगितस्थलमा मानिसहरूको चहलपहल निकै थियो । यस्तोमा अरूको ज्यान जोगाउन प्रहरी उनीमाथि गोली चलाउन बाध्य भयो । तर अस्पताल लगेको केही समयमै सेबास्टियाओको निधन भयो । यस मामिलाबारे अनुसन्धान चलिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण