सौन्दर्य प्रतियोगितामा छोरी चौथो स्थानमा सीमित भएपछि पिताले चलाए गोली

ब्राजिलमा क्षेत्रीयस्तरमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा अचम्मको घटना भएको छ । प्रतियोगितामा आफ्नी छोरी चौथो स्थानभन्दा अगाडि बढ्न नसकेपछि रिसाएका पिताले प्रतियोगिताका निर्णायकमाथि नै गोली चलाए ।
घटना जुलाई २८ मा अल्तामिरा सहरमा भएको हो । प्रतियोगिता समाप्त भएको केही घण्टापछि एक प्रतिस्पर्धीको पिता सेबास्टियाओ फ्रान्सिस्कोले छोरी चौथो स्थानमा खुम्चिएकोमा असन्तुष्टि व्यक्त गर्न थाले । आफ्नी छोरीले प्रतिस्पर्धा जित्नेमा सेबास्टियाओ ढुक्कै थिए ।
छोरीले उपाधि जित्न नसक्नुलाई उनले अपमान ठाने । निर्णायकहरूको निर्णय र मूल्याङ्कनका मापदण्डमाथि प्रश्न उठाउन थाले । प्रतियोगिता स्थलभर निजी सुरक्षाकर्मी र सैन्य प्रहरीहरू टन्नै थिए । तर रिसाएका ती पुरुषले केही सोच्दै नसोची एक जना निर्णायकमाथि गोली चलाए ।
प्रतियोगितस्थलमा मानिसहरूको चहलपहल निकै थियो । यस्तोमा अरूको ज्यान जोगाउन प्रहरी उनीमाथि गोली चलाउन बाध्य भयो । तर अस्पताल लगेको केही समयमै सेबास्टियाओको निधन भयो । यस मामिलाबारे अनुसन्धान चलिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी