एलन मस्कको प्रतिक्रियापछि भेनेजुएलाका राष्ट्रपतिद्वारा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध
कारकास । भेनेजुएलामा पुनः राष्ट्रपति चुनावको माग भइरहेका बेला वर्तमान राष्ट्रपति निकोलस मदुरोले माइक्रो ब्लगिङ वेबसाइट एक्समाथि प्रतिबन्ध लगाएका छन् । मदुरोले १० दिनका लागि भेनेजुएलामा एक्समाथि प्रतिबन्ध गरिने बताएका छन् ।
एक्सका मालिक एलन मस्कले भेनेजुएलामा दोहोर्याएर चुनाव हुनुपर्ने प्रतिक्रिया दिएपछि मदुरोले एक्सलाई ब्लक गरेका हुन् । मस्कले एक्सलाई घृणा फैलाउन प्रयोग गरेको आरोप मदुरोले लगाएका छन् । एक्सले सामाजिक सञ्जालका सबै नियमहरूको उल्लङ्घन गरेको पनि मदुरोले भनेका थिए ।
आफ्ना विरोधीहरूले एक्सलाई राजनीतिक अशान्ति सृजना गर्न प्रयोग गरेको आरोप पनि मदुरोले लगाइरहेका छन् । हालै भएको निर्वाचनमा मदुरो लगातार तेस्रो पटक राष्ट्रपति निर्वाचित भएका थिए ।
११ वर्षदेखि उनले त्यहाँ सत्ताको बागडोर सम्हालिरहेका छन् । तर यसपटक विपक्षी नेता र दलहरू एकजुट भएपछि मदुरोले पहिलोपटक सबैभन्दा कठिन चुनावी चुनौतीको सामना गरेका थिए । यस चुनावमा मादुरोका प्रमुख प्रतिद्वन्द्वीका रूपमा विपक्षी दलहरूले ७४ वर्षका एडमन्डो गोन्जालेज उतारेका थिए ।
चुनावमा आफूले जितेको भनेर मदुरोले घोषणा गरेको भए पनि विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेज र उनका समर्थकहरूले गोन्जालेजले ७० प्रतिशतभन्दा बढी मत पाएको दाबी गरिरहेका छन् ।
यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेन र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि भेनेजुएला सरकारलाई राष्ट्रपति चुनावको मतदानको तथ्याङ्क जारी गर्न आग्रह गरेका थिए । चुनावी नतिजाको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको थियो । विरोध प्रदर्शनमा अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण