केटीको बिहे गर्ने उमेर घटाएर ९ वर्षमा झार्दै इराक
बगदाद । इराकले केटीहरूको बिहे गर्ने कानुनी उमेर घटाएर ९ वर्षमा झार्ने भएको छ । त्यहाँको संसदमा केटीको बिहे गर्ने कानुनी उमेर घटाउने प्रस्तावित विधेयक पेस गरिएको छ । अहिले यो उमेर १८ वर्ष छ । यो संशोधन विधेयक पारित भयो भने कानुनले केटीलाई ९ वर्ष र केटालाई १५ वर्षकै उमेरमा बिहे गर्न अनुमति दिनेछ । यसले बाल विवाह र शोषणको चिन्ता बढाएको छ ।
यसले महिलाको अधिकार र लैङ्गिक सवालमा भइरहेको प्रगतिलाई उल्ट्याउने तर्क आलोचकहरूले गरिरहेका छन् । मानव अधिकारीवादी संघसंस्था, महिला अधिकार समूह र नागरिक समाजका अभियन्ताहरूले यो विधेयकको कडा आलोचना गरिरहेका छन् ।
यसले बालिकाहरूको शिक्षा, स्वास्थ्य र समृद्धिमा नकारात्मक असर गर्ने, विद्यालयको पढाई बिचमै छाड्नेको सङ्ख्या बढाउने र सानो उमेरमै गर्भधारण गर्ने किशोरीको सङ्ख्या बढाउने र घरेलु हिंसाका घटनाहरू पनि बढ्ने चेतावनी उनीहरूले दिइरहेका छन् । इराकमा अहिले नै २८ प्रतिशत केटीहरूले १८ वर्ष नपुग्दै बिहे गर्ने गरेको युनिसेफले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण