नेपाल–ओमानबिच सिधा हवाई उडानको माग
काठमाडौँ । ओमानमा रहेका नेपाली श्रमिकहरूले नेपाल–ओमान बिच सीधा हवाई उडानको व्यवस्था गर्न माग गरेका छन् ।
नेपाल र ओमानबिचको दुई पक्षीय संयन्त्रको पहिलो बैठकमा भाग लिन ओमान पुगेकी परराष्ट्र सचिव सेवा लम्सालसँग अन्तरक्रिया गर्दै नेपालीहरूले सो माग गरेका हुन् ।
उनीहरुले व्यक्तिगत मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, नेपाली श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन, पर्यटन, व्यापार, लगानी, ओमानमा नेपालीहरूको लागि रोजगार लगायतका विषयमा पनि सुझाव दिएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्र सचिव लम्सालले नेपाली श्रमिकहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मध्यपूर्व एसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको हित संरक्षणको लागि नेपाल सरकारले गरेको प्रयासबारे जानकारी दिइन् ।
समस्याको दीर्घकालीन समाधानको लागि नीतिगत सुधार सम्बन्धमा प्राप्त सुझावलाई समावेश गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले ओमानमा रहेको नेपाली दूतावासले गरेको कामलाई प्रशंसा गरिन् । उनी शुक्रबार नेपाल फर्केको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण