भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । समितिको आइतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सुरु गरेको हो ।
दफावार छलफल सुरु गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरूले आफ्नो संशोधनको ब्यहोरा राखेका थिए ।
सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदहरूले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताएका थिए । लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रस्तावना तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाएका थिए । सांसदहरूले प्रस्तावना र संक्षिप्त नाममा कुनै संशोधन प्रस्ताव नगरेपछि बैठकले प्रस्तावना र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।
विधेयकको प्रस्तावनामा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसद्ले यो ऐन बनाएको छ’ भनेर उल्लेख गरिएको छ । संक्षिप्त नाम र प्रारम्भमा “यस ऐनको नाम ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन २०७६’ रहेको छ” भनी उल्लेख छ । त्यसैगरी ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ ।
समितिको आगामी बैठकमा भ्रष्टाचार निवारणको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिलाई दिएको सुझावहरूको सन्दर्भमा आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गरिने समिति सभापति खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण