१२८ वर्षपछि ओलम्पिक खेलकुदमा क्रिकेट !
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३ औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सम्पन्न भएको छ । पदक तालिकामा अमेरिकालाई पहिलो र चीनलाई दोस्रो बनाउँदै पेरिस ओलम्पिकले बिट मारेको हो ।
अब गृष्मकालीन ओलम्पिकको ३४औँ संस्करण सन् २०२८ मा अमेरिकाको लस एन्जल्स सहरमा आयोजना हुनेछ । समाचारमा जनाइए अनुसार, लस एन्जल्स ओलम्पिकमा विश्वकै दोस्रो सर्वाधिक लोकप्रिय खेल क्रिकेट खेललाई पनि समावेश गरिने भएको छ ।
लस एन्जल्स ओलम्पिकका निर्देशक निकोलो क्याम्प्रियानीले फेरि यो विषय उठान गरेका छन् । उनले यसअघि पनि आगामी ओलम्पिकमा क्रिकेट खेल समावेश गरिने बताएका थिए । उनले विश्वभर करिब दुई अर्ब ५० लाख मानिस क्रिकेटको पारखी रहेकाले पनि यो खेललाई ओलम्पिकमा समावेश गर्न लागिएको बताएका छन् ।
‘हामी विश्वकै दोस्रो सर्वाधिक लोकप्रिय खेल क्रिकेटलाई ओलम्पिकमा स्वागत गर्न पाउँदा उत्साही छौं,’ उनले भनेका छन् । ओलम्पिक खेलकुदमा क्रिकेट पहिलो पटक समावेश गर्न लागिएको भने होइन । यसअघि सन् १९०० मा फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिकमा पनि क्रिकेट समावेश गरिएको थियो ।
तर, त्यतिबेला क्रिकेटको एक खेलमात्र खेलाइएको थियो । त्यसपछि ओलम्पिकमा क्रिकेट खेल समावेश गरिएको छैन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छातामुनि खेलिने एसियाली खेलकुदमा भने क्रिकेटलाई समावेश गरिएको छ । यस अर्थमा एक सय २८ वर्षपछि ओलम्पिकमा क्रिकेट खेल समावेश गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026