हसिनालाई शरण दिँदा भारत–बङ्गलादेशको सम्बन्धमा पर्ला असर ?
नयाँ दिल्ली । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारतको आश्रयमा छिन् । राजनीतिक उथल पुथलबिच पाँच अगस्टमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिना भारत आएकी थिइन् ।
हसिना भारत आउनु र बस्नुले दुवै छिमेकी देशको सम्बन्धमा असर पर्ने हो कि भन्ने अड्कल गरिएको थियो । हसिना र उनको पार्टी आवामी लिगलाई भारत समर्थकको रुपमा हेरिन्छ । सङ्कटको समयमा हसिना भारत आउनुले दुई देशबिचको गहिरो सम्बन्ध रहेको उजागर गर्छ ।
तर हसिना भारतमै बसिरहेको र बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको अवस्थामा यसले दुई देशबिचको सम्बन्धमा असर गर्ने हो कि भन्ने चिन्ता यतिबेला हटेको छ ।
बङ्गलादेशको अन्तरिम सरकारले हसिना जति समय भारत बसेपनि यसले दुई देशीय सम्बन्धमा कुनै असर नगर्ने स्पष्ट पारेको छ । बङ्गलादेशले भारतसँग सधैँ राम्रो सम्बन्ध बनाएर राख्ने कोसिस गर्ने पनि अन्तरिम सरकारका विदेश मामिलाका सल्लाहकार मोहम्मद तौहिद हुसेनले भनेका छन् ।
हुसेनलाई हालै हसिना भारतमा लामो समयसम्म बस्दा यसले भारतसँगको द्विपक्षीय सम्बन्धमा कस्तो असर गर्ला भनेर सोधिएको थियो । यसको जवाफमा हुसैनले भनेका थिए, ‘यो एउटा काल्पनिक प्रश्न हो । यदि कोही व्यक्ति कुनै देशमा बस्छ भने त्यो देशसँग द्विपक्षीय सम्बन्ध किन प्रभावित हुनु ? यसको कुनै कारण छैन ।’
सरकारी जागिरमा आरक्षणको व्यवस्था विरुद्ध भएको देशव्यापी प्रदर्शनबिच हसिना भारत आएकी थिइन् । आफ्नो सरकारले भारतसँग सधैँ राम्रो सम्बन्ध बनाएर राख्ने कोसिस गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण