राजेन्द्र पाण्डेको प्रश्न : बङ्गलादेशमा नेपाली विद्यार्थीको अवस्था के छ ?
मङ्गलबार, २९ साउन २०८१, १५ : ३७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बङ्गलादेशमा रहेका झन्डै चार हजार नेपाली विद्यार्थीको अवस्था के छ भनेर सांसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साथै उनले ती नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउने विषयमा सरकारको ध्यान जानुपर्ने बताए ।
मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले भने, ‘बङ्गलादेशमा एबीबीएस पढ्ने विद्यार्थीमात्रै चार हजार छन् । उनीहरूको अवस्था त्यहाँ के छ ? उनीहरूलाई नेपाल ल्याउने विषयमा के भइरहेको छ ? परराष्ट्रमन्त्रीको ध्यान जाओस् ।’
उनले पृथ्वीराजमार्ग नजिकै रहेको त्रिशूली नदीमा पुल नै भत्कनेगरी बालुवा, गिटी उत्खनन गरेर चोरी निकासी भइरहेको पनि बताए । नदीजन्य सामाग्रीको चोरी निकासीमा संलग्न गिरोहलाई कुनैपनि सरकारले कारबाही गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण