सन्न्यासपछि पनि छोटो ढाँचाको क्रिकेट खेल्ने जेम्स एन्डर्सनको चाहना
काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली बलर जेम्स एन्डर्सनले पुनः सिमित ओभरको क्रिकेटमा फर्कन चाहेको बताएका छन् । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएको करिब एक महिनापछि नै उनले पुनः खेलमा फर्किने इच्छा व्यक्त गरेका हुन् ।
४२ वर्षीय एन्डर्सनले आफू क्रिकेट खेल्न अझै पूर्णरुपमा सक्षम रहेको बताएका छन् । उनी समकालीन विश्व क्रिकेटकै प्रभावशाली तीव्र गतिका बलर हुन् । उनले गत जुलाईमा सम्पन्न वेस्ट इन्डिजविरुद्धको टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
त्यो खेलमा इङ्ल्यान्ड एक पाली र एक सय १४ रनले विजयी भएको थियो । उनले सन् २०१५ को मार्चपछि एकदिवसीय क्रिकेट खेलेका छैनन् । उनले अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल अफगानिस्तानविरुद्ध खेलेका थिए ।
यसैगरी, उनले सन् २००९ को नोभेम्बरदेखि टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलेका छैनन् । उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । उनले इङ्ल्यान्डका लागि एक सय ८८ टेस्ट खेल्दै कुल सात सय चार विकेट लिएका छन् ।
यसैगरी, उनले एक सय ९४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल दुई सय ६९ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा भने उनले १९ खेल खेल्दै कुल १८ विकेट लिएका छन् । उनले टेस्टमा एक हजार तीन सय ५३ र एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय ७३ रन पनि बनाएका छन् ।
‘अवसर पाएमा म छोटो ढाँचाको क्रिकेट खेल्न सक्छु । अझ केही समय खेल्न मेरो स्वास्थ्यले पनि साथ दिन्छ,’ उनले भनेका छन् । उनले व्यावसायिक क्रिकेटमा भने सन् २०१४ मा अन्तिम टी–२० खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण