चित्रबहादुर केसीले भने– बंगलादेशको बाढी नेपालमा पस्ला, होस् गरौँ ?
काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन् । प्रतिनिधि सभामा बोल्दै उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले सडक आन्दोलन हुन नसकेको दाबी गरे ।
‘बंगलादेशको घटनाले सबैको मनमा चिसो पसेको छ । मैले त्यसअघि नै भन्दै आएको छु । सत्ता र शक्तिमा बस्दा जे गर्दा पनि हुन्छ । सत्तामा बसेर मात्र जोगिन्छु भन्ने कुराबाट होसियार हुनुहोस्,’ उनले भने, ‘ बंगलवादेशको बाढी नेपालमा पस्ला होस् गरौँ ?’
उनले नेताहरूप्रति नेपाली जनतामा व्यापक आक्रोश रहेको तर अहिले युवा नभएकाले आन्दोलन पनि नहुने बताए । ‘सडक आन्दोलन गर्नेहरू विदेश गएकाले अहिले भाग्यले साथ दिएर सडकमा आन्दोलन गर्ने विद्यार्थी छैनन्,’ उनले भने, ‘अव अहिले शासकहरूलाई सौभाग्य ठुलो सङ्ख्यामा विदेशमा भएकाले तत्काल बंगलादेशको अवस्था आउन छैन । तर यस्तै रहे कुनै दिन हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण