चित्रबहादुर केसीले भने– बंगलादेशको बाढी नेपालमा पस्ला, होस् गरौँ ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन् । प्रतिनिधि सभामा बोल्दै उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले सडक आन्दोलन हुन नसकेको दाबी गरे ।
‘बंगलादेशको घटनाले सबैको मनमा चिसो पसेको छ । मैले त्यसअघि नै भन्दै आएको छु । सत्ता र शक्तिमा बस्दा जे गर्दा पनि हुन्छ । सत्तामा बसेर मात्र जोगिन्छु भन्ने कुराबाट होसियार हुनुहोस्,’ उनले भने, ‘ बंगलवादेशको बाढी नेपालमा पस्ला होस् गरौँ ?’
उनले नेताहरूप्रति नेपाली जनतामा व्यापक आक्रोश रहेको तर अहिले युवा नभएकाले आन्दोलन पनि नहुने बताए । ‘सडक आन्दोलन गर्नेहरू विदेश गएकाले अहिले भाग्यले साथ दिएर सडकमा आन्दोलन गर्ने विद्यार्थी छैनन्,’ उनले भने, ‘अव अहिले शासकहरूलाई सौभाग्य ठुलो सङ्ख्यामा विदेशमा भएकाले तत्काल बंगलादेशको अवस्था आउन छैन । तर यस्तै रहे कुनै दिन हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत