नदीमलाई इनामको ओइरो, मरियम नवाजले दिइन् १० करोडको चेक
इस्लामावाद । पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्रै पदक विजेता अर्शद नदीमलाई पुरस्कारको आइरो लागिरहेको छ । पाकिस्तानको पन्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका अर्शद नदीमलाई १० करोड रुपैयाँ पुरस्कार दिएकी छिन् ।
नवाजले अर्शद नदीमलाई होन्डा सिभिक कार पनि दिएकी थिइन् । अरशद नदीमले ओलम्पिकमा ९२.९७ मिटर टाढा भाला फालेका थिए । रमाइलो कुरा के छ भने नवाजले नदीमलाई दिएको कारको नम्बर पनि ९२.९७ रहेको छ ।
नदीम ओलम्पिकमा उपाधि जित्ने एक मात्रै पाकिस्तानी हुन् । भारतले ओलम्पिकमा ६ ओटा पदक जितेको थियो । तर नदीमले जितेको एउटै पदक भारतमाथि भारी भयो । पदक तालिकामा पाकिस्तानले भारतलाई उछिन्यो । उनको यो उपलब्धीले पाकिस्तानमा निकै सम्मान पाइरहेको छ । पाकिस्तानका धेरै प्रतिष्ठित व्यक्ति र संस्थाहरूले उनको लागि पुरस्कार घोषणा गरेका छन् । केही अघि नदीमका ससुराले उनलाई भैँसी उपहार दिएको खबर पनि भाइरल बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण