नदीमलाई इनामको ओइरो, मरियम नवाजले दिइन् १० करोडको चेक

इस्लामावाद । पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्रै पदक विजेता अर्शद नदीमलाई पुरस्कारको आइरो लागिरहेको छ । पाकिस्तानको पन्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका अर्शद नदीमलाई १० करोड रुपैयाँ पुरस्कार दिएकी छिन् ।
नवाजले अर्शद नदीमलाई होन्डा सिभिक कार पनि दिएकी थिइन् । अरशद नदीमले ओलम्पिकमा ९२.९७ मिटर टाढा भाला फालेका थिए । रमाइलो कुरा के छ भने नवाजले नदीमलाई दिएको कारको नम्बर पनि ९२.९७ रहेको छ ।
नदीम ओलम्पिकमा उपाधि जित्ने एक मात्रै पाकिस्तानी हुन् । भारतले ओलम्पिकमा ६ ओटा पदक जितेको थियो । तर नदीमले जितेको एउटै पदक भारतमाथि भारी भयो । पदक तालिकामा पाकिस्तानले भारतलाई उछिन्यो । उनको यो उपलब्धीले पाकिस्तानमा निकै सम्मान पाइरहेको छ । पाकिस्तानका धेरै प्रतिष्ठित व्यक्ति र संस्थाहरूले उनको लागि पुरस्कार घोषणा गरेका छन् । केही अघि नदीमका ससुराले उनलाई भैँसी उपहार दिएको खबर पनि भाइरल बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने