सानोभर्याङमा रहेको काष्ठ उद्योगमा आगलागी, नियन्त्रण प्रयास जारी
मङ्गलबार, २९ साउन २०८१, २२ : ०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका— १५ सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ ।
आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
अहिले ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको पनि उनले बताए । आगलागीको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण