भिनिसियसलाई साउदीमा खेल्न १ अर्ब डलरभन्दा बढीको अफर
जेद्दाह । स्पेनी फुटबल क्लब रियल मड्रिडका स्टार खेलाडी भिनिसियस जुनियरलाई साउदी अरबले १ अर्ब डलरभन्दा बढी रकम अफर गरेको खबर आएको छ । अज्ञात स्रोतलाई उद्धृत गर्दै रोयटर्सले छापेको समाचार अनुसार साउदीका अधिकारीहरूले भिनिसियसलाई साउदी प्रो लिग (एसपीएल)मा सहभागी हुन फकाइरहेका छन् ।
खबरका अनुसार हरेक सिजनको २१ करोड ८० लाख डलर र बोनससमेत गरेर १ अर्ब डलरभन्दा बढीको अफरमा पाँच वर्षको करार सम्झौता लिएर साउदी अधिकारीहरू उनीसमक्ष गएका हुन् । रोयटर्स र ईएसपीएनका अनुसार यो सम्झौतामा सन् २०३४ साउदी अरबमा हुन लागेको विश्वकपअघि राजदूत बन्ने १० वर्षको छुट्टै करार पनि छ ।
यता भिनिसियसले स्पेनी क्लब छाड्ने सम्भावना अस्वीकार गरिसकेका छैनन् । उनको टिमले यो अफरबारे विचार विमर्श गरिरहेको बताइएको छ ।
२४ वर्षीय भिनिसियस सन् २०१८ मा ब्राजिलियन क्लब फ्लामेङ्गोबाट रियल गएका थिए । उनी हालैका वर्षमा क्लबका उत्कृष्ट खेलाडीमध्ये एक बनेका छन् ।
गएको सिजनमा रियलले च्याम्पियन लिग र ला लिगाको उपाधि जित्दा ३९ खेलमा उनले २४ गोल गरेका थिए भने ११ गोलमा सघाएका थिए ।
अहिले किस्टियानो रोनाल्डो, नेयमार र करिम बेन्जेमाले एसपीएलबाट खेलिरहेका छन् । गएको वर्ष फ्रान्सेली स्ट्राइकर किलियान एम्बाप्पेले ७७ करोड ५० लाख डलरको तलब सुविधामा साउदी क्लब अल–हिलालमा आबद्ध हुने अफर अस्वीकार गरेको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण