भिनिसियसलाई साउदीमा खेल्न १ अर्ब डलरभन्दा बढीको अफर

जेद्दाह । स्पेनी फुटबल क्लब रियल मड्रिडका स्टार खेलाडी भिनिसियस जुनियरलाई साउदी अरबले १ अर्ब डलरभन्दा बढी रकम अफर गरेको खबर आएको छ । अज्ञात स्रोतलाई उद्धृत गर्दै रोयटर्सले छापेको समाचार अनुसार साउदीका अधिकारीहरूले भिनिसियसलाई साउदी प्रो लिग (एसपीएल)मा सहभागी हुन फकाइरहेका छन् ।
खबरका अनुसार हरेक सिजनको २१ करोड ८० लाख डलर र बोनससमेत गरेर १ अर्ब डलरभन्दा बढीको अफरमा पाँच वर्षको करार सम्झौता लिएर साउदी अधिकारीहरू उनीसमक्ष गएका हुन् । रोयटर्स र ईएसपीएनका अनुसार यो सम्झौतामा सन् २०३४ साउदी अरबमा हुन लागेको विश्वकपअघि राजदूत बन्ने १० वर्षको छुट्टै करार पनि छ ।
यता भिनिसियसले स्पेनी क्लब छाड्ने सम्भावना अस्वीकार गरिसकेका छैनन् । उनको टिमले यो अफरबारे विचार विमर्श गरिरहेको बताइएको छ ।
२४ वर्षीय भिनिसियस सन् २०१८ मा ब्राजिलियन क्लब फ्लामेङ्गोबाट रियल गएका थिए । उनी हालैका वर्षमा क्लबका उत्कृष्ट खेलाडीमध्ये एक बनेका छन् ।
गएको सिजनमा रियलले च्याम्पियन लिग र ला लिगाको उपाधि जित्दा ३९ खेलमा उनले २४ गोल गरेका थिए भने ११ गोलमा सघाएका थिए ।
अहिले किस्टियानो रोनाल्डो, नेयमार र करिम बेन्जेमाले एसपीएलबाट खेलिरहेका छन् । गएको वर्ष फ्रान्सेली स्ट्राइकर किलियान एम्बाप्पेले ७७ करोड ५० लाख डलरको तलब सुविधामा साउदी क्लब अल–हिलालमा आबद्ध हुने अफर अस्वीकार गरेको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब