ओलीसँग सशंकित हुँदै प्रचण्डले भने– हुन्छ भन्दा हुन्न र हुन्न भन्दा हुन्छ भनेर बुझ्नुपर्ने अवस्था छ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता पुरा होस् भनेका छन् । बुधबार टीआरसी विधेयकमाथि प्रतिनिधिसभा बैठकमा भएको छलफलका क्रममा प्रचण्डले लोकतन्त्रमा विश्वास गर्ने दलहरू समझदारीका साथ अघि बढ्न जरुरी रहेको भन्दै संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर जान आफू तयार रहेको बताए ।
उनले संविधान संशोधनको नाममा या राजनीतिक स्थिरताका नाममा फेरि केही सीमित वर्ग क्षेत्र, भूगोल र स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न नहुने बताए ।
तर कताकता पछिल्ला राजनीतिक घटना क्रममा शङ्का उत्पन्न हुन लागेको भन्दै बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन लागिएको त होइन भन्ने प्रश्न गर्नुपर्ने अवस्था आएको प्रचण्डको भनाइ छ ।
‘अहिले यहाँ सम्माननीय प्रधानमन्त्रीले त्यो होइन, बहुदलीय हो भन्नुभयो । त्यो त्यही नै साबित होस् म त्यही अपेक्षा गर्छु’, प्रचण्डको भनाइ छ । तर उनले ओलीले हुन्छ भन्दा हुन्न र हुन्न भन्दा हुन्छ बुझ्नुपर्ने स्थिति रहेकाले आशंकाले हेर्नुपर्ने भए पनि प्रधानमन्त्रीले बोलेको कुरा पुरा होस् भन्ने आफूले चाहेको प्रचण्डले बताए । ‘यो चुनौतीको सामना गर्न एकताबाहेक केही छैन’, प्रचण्डले एकतामा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण