गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि सबैसँग मिल्न तयार छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लडेर ल्याएको गणतन्त्र र लोकतन्त्रको रक्षा तथा जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा पेस भएको टीआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्दै उनले अहिलेको चुनौतीको सामना गर्न एकता बाहेक अन्य हतियार नभएको स्पष्ट पारे ।
‘अहिलेको चुनौतीको सामना गर्न हामीसँग एकताबाहेक अर्को हतियार मैले देखेको छैन । यो चुनौतीको सामना गर्नैपर्नेछ । आज शान्ति सम्झौतामा हस्ताक्षरकर्ता गिरिजाप्रसाद हुनुहुन्न’, उनले भने, ‘तर अर्को जीवित हस्ताक्षरकर्ता भएको नाताले शान्ति सम्झौतालाई मर्न नदिन अन्तिम समयसम्म लाग्नेछु ।’
उनले बंगलादेश लगायत दक्षिण एसियाली मुलुकमा भएका राजनीतिक विद्रोहतर्फ गम्भीर हुँदै एक अर्काप्रति निषेध नभई एकआपसमा हातेमालो गरेर जानुपर्ने आवश्यकता झन् बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण